विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच धकेलाधकेल, एक जना पक्राउ

  • सोमबार २९ भौ २०८३ ०७:५७ AM
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीको बिचमा धकेलाधकेल भएको छ । सोमबार झापाबाट फर्केका प्रसाईंले विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो । त्यसपछि उनका समर्थकसँग धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । प्रहरीसँग मुठभेट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ घर भएका तेजेन्द्र रायमाझी छन् । The post विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच धकेलाधकेल, एक जना पक्राउ appeared first on Kalika Khabar.