उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

  • सोमबार २९ भौ २०८३ ०८:०७ AM
प्योङयाङ । उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ । दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बाबजुद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार शनिबारको अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो । दक्षिण कोरियाली सेनाले सोही दिन वोनसन क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको र त्यो पूर्वी समुद्रतर्फ करिब २५० किलोमिटर उडेको बताएको छ । अभ्यासको निरीक्षणपछि उत्तर ... The post उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी appeared first on Kalika Khabar.