काठमाण्डु– संविधानले महिलाको सम्मानपूर्वक बाँच्न पाउने हकदेखि बालबालिकाको सुरक्षासम्मका अधिकार सुनिश्चित गरे पनि बलात्कार, यौन हिंसा र साइबर हिंसाका घटना नरोकिएको भन्दै सरकारलाई थप जिम्मेवार बनाउन संसद्मा संकल्प प्रस्ताव दर्ता भएको छ । एमाले सचेतक निता घतानी संकल्प प्रस्तावको प्रस्तावक छिन् । घतानीको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की श्रद्धा कुँवर क्षेत्री, कांग्रेसकी रेनुका काउचा,