काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । विश्वका ठूला उदीयमान अर्थतन्त्र, बहुध्रुवीय विश्व व्यवस्थाको पैरवी गरिरहेका शक्ति राष्ट्रहरू, ‘ग्लोबल साउथ’ का प्रभावशाली मुलुकहरू र विश्व जनसंख्याको झन्डै आधा हिस्सा ओगट्ने नेतृत्वकर्ताहरू एउटै मञ्चमा भेला भए । छिमेकमै यति ठूलो कुटनीतिक अनुष्ठान हुँदा त्यसको बाजागाजाको