काठमाण्डु – जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा बाढी आउँदा भेरी करिडोर सडक अवरुद्ध भएको छ भने पसल बगाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार गएराति परेको अविरल वर्षाका कारण खोलामा बाढी आएको हो । बाढीले वडा नम्बर १ बैरीतालमा व्यापार गर्दै आएका स्थानीयको भौतिक