काठमाण्डु – हरितालिकाका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानैदेखि लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि बि पशुपतिनाथका चार वटै ढोका खोलिएको छ । यस्तै मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको