भोटेकोशी बाढीले खोसेको खुसी : तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

  • सोमबार २९ भौ २०८३ ०३:२७ AM
राँझा (बाँके) । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउँथ्यो । मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने संगीतका भाकाहरूले गाउँलाई सधैँ गुञ्जायमान बनाउँथे तर यो वर्ष थपुवाको आकाश अर्कै शोकले ढाकेको छ । मादलका तालहरू सुनसान भएका