काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको भ्रमणका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबाट प्राप्त सुझाव तथा अनुभवलाई आगामी शिक्षा ऐन र राष्ट्रिय पाठ्यक्रम निर्माणमा समेटिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पोखरेलले भदौ २६ गते धनुषाबाट सुरु भएको मधेश यात्रा शुक्रबार राति सप्तरीस्थित महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको जानकारी दिएका हुन् ।