काठमाडौं । जनसङ्ख्या क्षेत्रका विज्ञहरूले बढ्दो आन्तरिक तथा बाह्य बसाइँसराइका कारण युवाशक्ति पलायन हुँदा देशमा श्रमशक्तिको अभाव बढ्नुका साथै उत्पादनशील क्षेत्रमा अपेक्षित आर्थिक लाभ लिन चुनौती थपिएको बताएका छन् । नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचनालाई उचित नीतिगत सम्बोधन गर्दै उपलब्ध जनसाङ्ख्यिक लाभको अधिकतम उपयोग गर्न सके देशको समृद्धि र समाजवाद निर्माणको आधार बलियो हुने उनीहरूको भनाइ