उत्पादनबाट उपभोक्ताको भान्सासम्म श्रीनगरको नयाँ यात्रा, जितपुरमा खुल्यो ‘स्मार्ट फ्रेस हाउस’

  • आइबार​ २८ भौ २०८३ ०१:२० PM
बाणगंगा, २८ भदौ ।मासु बजारमा उपभोक्ताले प्रायः एउटै प्रश्नको सामना गर्नुपर्छ-उनीहरूले किनेको मासु कति स्वच्छ छ ? कहाँ उत्पादन भयो ? कसरी प्रशोधन गरियो र कस्तो अवस्थामा भण्डारण गरिएको छ? बजारमा मासुको कारोबार भइरहे पनि यी प्रश्नको स्पष्ट जवाफ उपभोक्ताले पाउन नसकेको अवस्थामा कपिलवस्तुको बाणगंगा–४ जितपुरमा नयाँ अवधारणासहित ‘स्मार्ट फ्रेस हाउस’ सञ्चालनमा आएको छ ।