काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले उक्त प्रसारण लाइन खण्ड निर्माण सम्पन्न गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि निर्माणलाई तीव्रता दिइएको र निर्धारित समयसीमाभित्रै काम पूरा गरिएको एमसिए–नेपालले जनाएको छ । न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा