काठमाडौँ । काठमाडौँलाई डर वा त्रासले नियम मान्ने सहरका रुपमा होइन, नागरिक चेतना र जिम्मेवारीले स्वतः विधिको पालना गर्ने सहर बनाउने प्रयासमा रहेको बताउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, शान्ति सुव्यवस्था र सहरी व्यवस्थापनमा सुरक्षा निकायसँगको बलियो समन्वयबाट लक्ष्य प्राप्त गरिने बताउनुभएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवका अवसरमा उहाँले, शासन र व्यवस्थापनमा नागरिक सहभागी भएर सँगै काम गर्ने प्रणालीमा आधारित सहर निर्माणमा साथ दिन आग्रह गर्नुभयो । महानगर प्रहरी बलको भूमिका र सक्रियताको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘महानगर प्रहरी अब, समान क्षेत्राधिकार भएका संयन्त्रसँग सहकार्य गर्दै प्रविधिमैत्री र अझ बढी नागरिक केन्द्रित हुनेछ । कानुन कार्यान्वयनमा र अनुशासनमा कडा तर, हृदयमा मानवीय संवेदनशीलता भएको, मानव अधिकार कार्यान्वयनमा प्रतिवद्ध हुनेछ ।’ त्यस अवसरमा उहाँले, महानगर प्रहरीको कामसँग जोडिएको पार्किङ व्यवस्थापनको प्रसङ्गमा कुरा गर्दै नयाँ सडकस्थित नेपाल बायु सेवा निगमको जग्गामा वहुतले पार्किङ् बनाउन सरकारसँग सहमति मागेको कुरा बताउनुभयो । विपदको कुरा गर्दै फ्लास फ्लड र डुबान समस्याको समस्याका लागि पूर्वाधारको कुरा गर्दै वाटर रिचार्ज सिस्टम विकासमा लगानी बढाइएको बताउनुभयो । पूर्वाधार विकासमा यसरी गरिएको लगानीबाट सहरी व्यवस्थापनमा स्वतः सकारात्मक प्रभाव हुने कार्यवाहक प्रमुख डंगोलको भनाइ थियो । साझेदारको दृष्टिमा महानगर प्रहरी कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले, सहरी सुव्यवस्थापनमा महानगर प्रहरी बलले पहिचान स्थापित गरिसकेको बताउँदै कठिन घडीमा पनि अविचलित भएर सेवा गरेको स्मरण गर्नुभयो । ‘प्रहरी संयन्त्र नागरिकको सेवाका लागि हो । यसले नागरिकसँग हातेमालो गरेर सेवा प्रदान गरिरहेको छ ।’ कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले धारणा राख्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक एवं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशिलसिंह राठौर, सशस्त्र प्रहरी नायव महानिरीक्षक माधव प्रसाद पौडेललगायत सुरक्षा निकायका महानगरपालिकासँग आफूहरुले समन्वयात्मक सेवा प्रवाह गरिरहेको बताउनुभयो । पदाधिकारी र सामुदायिक क्षेत्रको दृष्टि त्यस अवसरमा बोल्दै महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, महानगर प्रहरीलाई समय सापेक्ष दक्ष र स्रोत साधनले सम्पन्न बनाउँदै लगिने बताउनुभयो । ‘प्रहरीले उच्च मनोबल लिएर फिल्डमा काम गर्नुपर्छ । यसले नागरिकहरु सरकार आफूँसँगै रहेको महसुस गर्न पाउँछन् । यसरी खटिने प्रहरीको वृत्ति विकास र क्षमता विकासलाई सम्बोधन गर्न महानगर प्रहरी ऐन जारी भएको छ । यसले कार्यशैली र क्षेत्राधिकार स्पष्ट पारेको छ ।’ तिवारीको भनाइ थियो । त्यस क्रममा विषयगत समितिका तर्फबाट विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, जनप्रतिनिधिलाई सफल बनाउन महानगर प्रहरी बलको ठुला सहयोग रहने उल्लेख गर्नुभयो । ‘राजनीतिक नेतृत्वको नीति कार्यान्वयन उत्कृष्ट छ । यसलाई संस्थागत गर्नु र विस्तार गर्नु आवश्यक छ ।’ थापाको भनाइ थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले, उच्च मनोवलका साथ काम कर्तव्य पालना गरेर महानगरपालिकाको छवि उच्च बनाउन अहोरात्र काम गरिरहेको बताउनुभयो । उपलब्ध ज्ञान, सिप र विवेकलाई कानुन नीति र आदेशको पालनामा प्रयोग गरिएको जोशीको भनाइ थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले, नियम उलंघन गर्दा स्मार्ट हुन्छु भन्ने सोच राखेर जथाभावी गर्ने नागरिकलाई स्मार्ट हुन नियमको पालना गर्न प्रोत्साहित गर्नु पर्ने बताउनुभयो । ‘अहिले तपाईँहरुले राम्रो काम गरिरहनुुभएको छ । पश्चात्ताप गर्नु पर्दैन ।’ कलाकार श्रेष्ठले सुझाव दिँदै भन्नुभयो, ‘चोभारबाट पानीको निकास क्षमता पर्याप्त नभएकोले, सम्भावित जोखिम घटाउन सुरुङ्बाट पानीको वैकल्पिक निकासको सम्भाव्यता अध्ययन थालौँ ।’ ‘काठमाडौँ विग्रेको ५० वर्ष अगाडि नै हो । अहिले त बनाउँदै हुनुहुन्छ ।’ कलाकार हरिवंश आचार्यले भन्नुभयो, ‘देवतै देवताले भरिएको काठमाडौँलाई यहाँका हरेक व्यक्तिले आफू देवताकै रुपमा बसेर संरक्षण गर्नुपर्छ ।’ सानातिना सुधारका कामले पनि गहिरो प्रभाव राख्ने दृष्टान्त दिँदै उहाँले भन्नुभयो, ‘महानगरपालिकाले ठाउँ ठाउँमा फल्चा बनाएको छ । यो हेर्दा सानो लाग्न सक्छ । तर, यसको सामाजिक महत्व ठुलो छ । सम्पदा पुनःस्थापना यसको सबैभन्दा सवल पक्ष हो ।’ कार्यक्रममा धारणा राख्ने क्रममा कलाकार जीतु नेपालले, काठमाडौँ महानगरबासी हुनुको नाताले आफ्नो सार्वजनिक दायित्व पूरा गर्न तयार रहेको बताउनुभयो । ‘सहर फोहर हुनुको मुख्य जिम्मेवारी नागरिकले लिनु पर्छ । यो हामीले नै फोहर गरेका हौँ ।’ नेपालको भनाइ थियो । कार्यक्रममा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले, महानगर प्रहरी बलले नागरिकले चाहेको सेवा प्रदान गरिरहेको धारणा व्यक्त गर्नुभयो । सम्मान र पुरस्कार महानगर प्रहरी बलको वार्षिकोत्सवका अवसरमा महानगर प्रहरी गौरव, उत्कृष्ट महानगर प्रहरी, महानगर प्रहरी पुरस्कार वितरण गरिएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नगर प्रहरी सहायक निरीक्षक सुजाता लुङ्गेलीलाई ३० हजार रुपियाँ सहित महानगर प्रहरी गौरव पुरस्कार प्रदान गर्नुभयो । यस्तै नगर प्रहरी वरिष्ठ नायव निरीक्षक पुनम महर्जन डंगोल, नगर प्रहरी जवान नौसाद अन्सारीलाई जनही २० हजार रुपियाँ राशीसहित उत्कृष्ट महानगर प्रहरी पुरस्कार प्रदान गर्नुभयो । समारोहमा नगर प्रहरी जवानहरु जनकराज भट्ट, ललिता कार्की र विक्रम सुनारलाई जनही १० हजार रुपियाँ सहित महानगर प्रहरी पुरस्कार प्रदान गरिएको छ । यस्तै वरिष्ठ नायव निरीक्षक राजेन्द्र गजुरेल र नगर प्रहरी सहायक निरीक्षक गम्भीर थापा मगरलाई १ ग्रेड थप गरिएको छ । महानगर प्रहरी बलले, प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयन तथा अदालतबाट हुने निर्णय कार्यान्वयनमा अग्रणीभूमिका खेल्ने गरेको छ । अनधिकृत रुपमा कब्जा गरेको जग्गा फिर्ता गराउने, अतिक्रमण हटाउने, हरियाली प्रवर्धन गर्ने, अनधिकृत फोहर फाल्नेलाई कारवाही गर्ने, सरसफाइ र सुन्दरता वृद्धि गर्ने, विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्यमा महानगर प्रहरी बल अगाडिको मोर्चामा रहेर काम गर्छ । अनधिकृत विज्ञापन सामग्री हटाउने, सार्वजनिक आवागमनमा असर पार्ने अड्चन हटाउने, पार्किङ् व्यवस्थापन गर्ने, आगलागी नियन्त्रण गर्ने प्रहरीले गरेका मुख्य काम हुन् । नगर प्रहरी सम्बन्धी व्यवस्था र अभ्यास नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । महानगरपालिकाले वि