‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ, सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ ।’ देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध भयो । यी शब्द केबल गीतका हरफ थिएनन्, किशोर मनभित्र गुम्सिएका पीडा र चिन्ताका अभिव्यक्ति थिए । देउडाको लयमा मनोरञ्जन थियो, तर शब्दमा जीवनको गहिरो कथा थियो, तनाव थियो, निराशा थियो, सामाजिक