धादिङ – त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक सञ्चालनमा आएको छ । गत भदौ १४ गते आएको बाढीले कृष्णभीर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएकोमा केही माथिको भित्तो कटान गरी नयाँ ट्रयाक खोलेर सडक सञ्चालन गरिएको छ । नयाँ ट्रयाक निर्माण सम्पन्न भएपछि आईतबार अपराह्नदेखि सडक सञ्चालनमा ल्याइएको छ