काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरेको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आइतबार आयोजित कार्यक्रममा कम्पनीले नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण गर्न नेपाल प्रहरीले गरेको अनुरोधपछि कम्पनीले भवन निर्माण गरेको जनाएको छ । कार्यक्रममा