भारत-चीनको ‘प्रतिस्पर्धात्मक सहकार्य’बाट नेपालले लाभ लिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

  • आइबार​ २८ भौ २०८३ ०८:४१ AM
काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच विकसित हुँदै गएको सम्भावित ‘प्रतिस्पर्धात्मक सहकार्य’बाट नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन्। दिल्लीमा जारी ब्रिक्स प्लस शिखर सम्मेलन तथा त्यस क्रममा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक देखिएको उल्लेख गर्दै भट्टराईले बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपालले सन्तुलित र सुझबुझपूर्ण कूटनीति अवलम्बन गर्नुपर्ने बताएका हुन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विगतमा भारत र चीनबीचको दूरीमा खेलेर तत्कालीन सत्ता स्वार्थ पूरा गर्न खोज्ने राजनीतिक प्रवृत्तिले नेपाललाई अल्पविकास र परनिर्भरताको चक्रमा फसाएको टिप्पणी गरेका छन्। उनले विगतका त्यस्ता गल्ती दोहोर्‍याउन नहुने भन्दै दुई ... The post भारत-चीनको ‘प्रतिस्पर्धात्मक सहकार्य’बाट नेपालले लाभ लिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई appeared first on Kalika Khabar.