चिलिमे सुरुङबाट लेदो हटाउने काम अन्तिम चरणमा, उद्धारमा अझै २/३ दिन लाग्ने

  • आइबार​ २८ भौ २०८३ ०६:३१ AM
काठमाडौं । रसुवाको स्याफ्रुस्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धारका लागि लेदो हटाउने काम तीव्र पारिएको छ। सुरुङभित्र जम्मा भएको करिब ७० मिटर लेदो पन्छाइसकिएको छ। उद्धारका क्रममा सुरुङको माथिल्लो भागबाट म्यानुअल रूपमा खोतल्ने कामसमेत अघि बढाइएको हो। करिब २४० मिटर क्षेत्रमा गर्नुपर्ने काममध्ये अहिलेसम्म १२० मिटरभित्रसम्म टोली पुगेको सम्बन्धित अधिकारीहरूले बताएका छन्। रातको समयमा पनि कामलाई निरन्तरता दिने तयारी भए पनि उपकरण मर्मतका लागि गएको टोली बहाव, वर्षा र पारिपट्टिको पहिरोका कारण फर्किनुपरेको थियो। बिग्रिएको ह्विल लोडर मर्मत गरेर नाइट सिफ्ट सञ्चालन गर्ने तयारी छ। सुरुङभित्रको अवस्था पूर्ण रूपमा यकिन ... The post चिलिमे सुरुङबाट लेदो हटाउने काम अन्तिम चरणमा, उद्धारमा अझै २/३ दिन लाग्ने appeared first on Kalika Khabar.