काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेनजेड विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका हुन् । आईतवार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए । उनले जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी गरे। उनले भने, ‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका ... The post देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छ : लिङदेन appeared first on Kalika Khabar.