काठमाण्डु– निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टी पुनर्गठनको खाका तय गर्न गठित कार्यदलले दुई फरक प्रतिवेदन तयार पारेपछि एमाले ती दुवै प्रतिवेदनलाई एउटै बनाउन छलफलमा जुटेको छ । सचिवलय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले फरक–फरक प्रतिवेदन पेश गरेका थिए । बादलको प्रतिवेदनमा अध्यक्ष केपी ओलीले नेतृत्व छाड्न नहुने उल्लेख छ भने पोखरेलको प्रतिवेदनमा