प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जाँदै

  • आइबार​ २८ भौ २०८३ ०६:२१ AM
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् । नेपाली सेनाका अनुसार चीनको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि चीन जान लागेका हुन् । भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनमा आयोजना हुने चाइना फोरम कार्यक्रममा सहभागिता जनाउनेछन् । यस्तै, उनले चीनका उच्चस्तरीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको छ ।