काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिकालाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा पछिल्लो समय केही राम्रा काम भएको बताएका छन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले महानगरमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले करिब ५० वर्षअघिदेखि काठमाडौं बिग्रिन थाले पनि