काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा प्रस्थान गरेका छन् । उनी भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाको जंगी अड्डाले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउनेछन् । साथै, उनले चीनका उच्च सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।