प्रधानसेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। नेपाली सेनाका अनुसार सिग्देल चिनियाँ जनवादी गणतन्त्र चीनको निमन्त्रणामा भदौ २८ देखि असोज ३ गतेसम्म हुने औपचारिक भ्रमणका लागि चीन गएका हुन्। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ। चीन प्रस्थान गर्नुअघि प्रधान