रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोटगाउँबाट गाउँपालिकाको केन्द्र सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी जिप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह