काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरी र सडक विभागको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो मुख्य सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो । बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित बनेका छन् । काभ्रेस्थित बीपी राजमार्गको कुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै समयगत प्रतिबन्ध लगाइएको छ । जसअनुसार १० टनसम्मका मालवाहक सवारी साधनलाई रातिको समयमा मात्र सञ्चालन गर्न दिइएको छ भने मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारी साधनलाई तोकिएको समय तालिका अनुसार सञ्चालन गर्ने व्यवस्था ... The post बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित appeared first on Kalika Khabar.