काठमाडौँ । काभ्रेको बनेपा स्थित अरनिको रागमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । उग्रचण्डी पेट्रोलपम्प अगाडी धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ घर भएका ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार बिहान मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले बताए । शनिबार साँझ सडक पार गर्न लाग्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालक काभ्रेको महाभारत–६ घर भएर बनेपा–४ नालामा डेरा गरेर बस्ने २७ वर्षीय रविन घिसिङ पनि घाइते भएका ... The post बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु appeared first on Kalika Khabar.