काठमाडौं । कलाकार जितु नेपालले काठमाडौं महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालले महानगरमा पार्किङको समस्या रहेको बताए । ट्राफिक प्रहरीले गाडीमा लक लगाउने तथा पार्किङ व्यवस्थापनका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै उनले पार्किङ व्यवस्थापनका विषयमा महानगरपालिकाले थप