राष्ट्रिय प्रजातन्त्र पार्टी कालिकोटको अध्यक्षमा रोकाया

  • आइबार​ २८ भौ २०८३ ०९:४७ AM
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कालिकोट जिल्ला अध्यक्षमा मदन रोकाया चयन भएका छन्। शुक्रबार भएको जिल्ला अधिवेशनले रोकायालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। जिल्ला अध्यक्षमा चयन भएपछि रोकायाले नागरिकको माया, विश्वास, सद्भाव र शुभेच्छाका कारण आफूले यो जिम्मेवारी पाएको बताउँदै पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए। ‘आगामी दिनमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र जनताको हितलाई केन्द्रमा राख्दै सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गरी पार्टी संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउने प्रयास गर्नेछु,’ उनले भने, ‘अन्तरराजनीतिक दलका सम्पूर्ण नेता तथा कार्यकर्ताबाट प्राप्त शुभेच्छालाई पनि उच्च सम्मानका साथ ग्रहण गर्दछु।’ राजनीतिक विचार फरक भए पनि देश र जनताको हितमा सहकार्य, सहअस्तित्व र आपसी सम्मानको भावना अझ बलियो बनाउँदै अघि बढ्ने विश्वास रोकायाले व्यक्त गरे।