बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

  • आइबार​ २८ भौ २०८३ ०८:४५ AM
सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ । चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो ।      शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए । शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए ।