काठमाण्डु – नेपाली हिन्दु नारीहरूको पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । यसअन्तर्गत आइतबार दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन