बाढीपीडितको राहतका लागि २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली हुँदै

  • शनिबार २७ भौ २०८३ ०३:३० PM
ललितपुर – आगामी संविधान दिवसको पावन अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाण्डु शिक्षालयले हालैको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत तथा सहयोगार्थ २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली आयोजना गर्ने भएको छ । महालक्ष्मी नगरपालिकासँगको प्रत्यक्ष सहकार्यमा आगामी असोज ३ गते शनिबारका दिन सञ्चालन हुन लागेको मानवीय सहायता अभियानले समाजमा ऐक्यबद्धता, भ्रातृत्व र सहयोगको