भोटेकोशी-त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो । गत भदौ १० गते रसुवाको