जनकपुर । सरकारका गलत निर्णय, भ्रष्टाचार र महँगीविरुद्ध संघर्ष गर्न नयाँ अग्रगामी राजनीतिक मोर्चा गठन गरिएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष साहले देशको राजनीति गलत दिशातर्फ मोडिएकाले सही बाटोमा ल्याउन नयाँ शक्तिको आवश्यकता परेको उल्लिखित गरे। २००७ सालदेखिको राजनीतिक आन्दोलन सम्झौतामा टुङ्गिँदा जनताले अधिकार पाउन नसकेको