मधेसबाट लखेटेको भिडियो बारे शिक्षामन्त्री पोखरेलले के भने ? अहिले उनी कहाँ छन् ?

  • शनिबार २७ भौ २०८३ ०१:१० PM
काठमाडौं । मधेस प्रदेशमा आफूलाई धपाइएको भन्ने भाइरल भिडियो पूर्णत: भ्रामक र सन्दर्भ तोडमरोड गरेर पोस्ट गरिएको शिक्षामन्त्री सस्मित पोखरेलले स्पष्ट पारेका छन् । विद्यालय शिक्षालाई थप व्यवहारिक र सीपमूलक बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव सङ्कलन गर्न आफूहरू हाल मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालय र क्याम्पसमै पुगेर काम गरिरहेको उनले जानकारी दिए