भोटेकोशी बाढी: जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

  • शनिबार २७ भौ २०८३ ०१:२० PM
काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेकाको उद्धारलाई प्राथमिकतामा राखी खोजी गरिरहेको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्ने करिब एक किलोमिटर बढी पहुँच सडक निर्माण गरी हराइरहेकाको खोजी जारी राखिएको जानकारी दिए । चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा ठाउँ