भारतद्वारा नेपाललाई पुल सहयोग

  • शनिबार २७ भौ २०८३ ०१:५६ PM
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुन: सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ । ७०–७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल शनिवार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका हुन्