संविधान संशोधन नभए सडक संघर्षमा उत्रिने उपेन्द्र यादवको चेतावनी

  • शनिबार २७ भौ २०८३ ०२:०१ PM
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसलाई पूर्ण अधिकार सम्पन्न बनाउन र स्वशासन कायम गर्न संविधान संशोधन अपरिहार्य रहेको बताउँदै आवश्यकता परे पुन: सडक संघर्षमा उत्रिने चेतावनी दिए । शनिबार जनकपुरमा आयोजित अग्रगामी मोर्चाको कार्यक्रममा बोल्दै यादवले संसदबाट अधिकार प्राप्त नभए सडकबाटै इतिहास र मुक्ति लेखिने बताए । आफ्नै प्रहरी, प्रशासन,