जनकपुर । जनकपुरमा आयोजित अग्रगामी मोर्चाको कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले अधिकार, आत्मसम्मान र स्वायत्तता प्राप्तिका लागि अब निर्णायक आन्दोलनको विकल्प नरहेको बताए । विगतका मधेस आन्दोलन र जनयुद्ध सम्झौतामै सीमित हुँदा जनताका अपेक्षा पूरा हुन नसकेको दाबी गर्दै अध्यक्ष राउतले अधिकारका लागि उत्पीडित वर्ग र समुदाय एक हुनुपर्ने उल्लेख गरे