काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको प्रलयकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज–उद्धार, राहत तथा अस्थायी बसोबासको अवस्थाबारे जानकारी लिएका हुन् । संयोजक प्रचण्डले नुवाकोटको बेत्रावती, त्रिशूली, देवीघाट र बेलकोटगढी तथा धादिङको गल्छी