विश्वव्यापी निर्णय प्रक्रियामा ’ग्लोबल साउथ’ (विकासोन्मुख देश) को प्रभाव र सहभागिता बढाउन ब्रिक्सले ठोस कदम चाल्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतको अध्यक्षतामा आयोजित ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले वर्तमान विश्व शासन संरचना केही शक्तिशाली देशमा मात्र सीमित रहेको उल्लेख गरे। ग्लोबल साउथका मुलुकहरू संकटको अग्रपंक्तिमा भए पनि निर्णय प्रक्रियामा भने