हाइड्रोमा कार्यरत श्रमिकका आफन्त भन्छन्- न सास भेट्यो न लास

  • शनिबार २७ भौ २०८३ ०५:५४ PM
रसुवा। जुम्लाको गुठीचौर गाउँपालिका–१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा श्रमिकका रूपमा कार्यरत आफ्ना दुई भाइको खोजीका लागि ११ दिनसम्म रसुवाको धुन्चे आसपासमा भौतारिए। उनी भदौ १३ गते नुवाकोटको त्रिशूलीबाट हिँडेर आफ्ना भाइहरूको खोजीका लागि रसुवाको सदरमुकाम धुन्चे पुगे। तर, ११ दिनसम्म धुन्चे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वरपर खोजी गर्दा पनि भाइहरू दिनेश महतारा र अङ्गद बुढाको कुनै खबर प्राप्त नभएपछि महतारा निकै निराश छन्। ‘एघार दिन रसुवा आसपासमा नै बसेर भाइहरूको खोजीमा जुटिरह्यौँ। तर, कहीँकतै पनि आफ्ना भाइहरूको बारेमा खबर पाउन सकेनौँ’, उनले भने, ‘आफन्तको न सास भेट्यो न त लास। यो पीडाले मन निकै भक्कानिरहेको छ।’ आफन्त महताराले जलविद्युत् आयोजनाको सुरुङमार्गबाट चिनियाँ नागरिकको उद्धार भएपछि आफ्ना आफन्त पनि सकुशल फर्किएलान् भन्ने आशा बढे पनि अहिले भने आफूमा निराशा छाएको बताए। ‘सुरुङबाट चिनियाँ नागरिकको उद्धार भएपछि त हाम्रा भाइहरू पनि सकुशल भेटिएलान् भन्ने निकै आशावादी भएका थियौँ’, उनले भने, ‘अब भाइहरू बाँचेर आउने आशा पनि मरिसक्यो। अब घरमा परिवारलाई के भन्ने होला