बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिएको छ । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधारतर्फका सम्पूर्ण निर्माण कार्य सकिने आयोजनाका निर्देशक राजु आचार्यले बताए । सरकारले पाँच वर्षभित्र आयोजना सक्न दिएको निर्देशनअनुसार हाल काम द्रुत गतिमा अघि बढाएको उनले जानकारी दिए