साताव्यापी चीन भ्रमणमा बेइजिङ जाँदै प्रधानसेनापति सिग्देल

  • शनिबार २७ भौ २०८३ १०:१८ AM
काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणको तयारीमा जुटेका छन् । प्रधानसेनापति बनेपछि सिग्देलको पहिलो चीन भ्रमण हुने जनाइएको छ । सैनिक स्रोतका अनुसार प्रधानसेनापति सिग्देल भदौ २८ गतेदेखि असोज ३ गतेसम्म १ हप्ताको चीन भ्रमणमा जाने तयारीमा छन् । भ्रमणका क्रममा चीनसँगको सैन्य सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ