जुवातास खेल्दाखेल्दै ५ जना पक्राउ

  • शनिबार २७ भौ २०८३ १०:५१ AM
संखुवासभा – प्रहरीले चैनपुर नगरपालिका–१० खराङ बजार बस्ने दिनेश राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । स्थानीय ३४ वर्षीय दुर्गा रायमाझी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५७ हजार २७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ