काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा काठमाडौंको असन चोकमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रवादी नागरिक समाजको आयोजनामा शनिबार साँझ दीप प्रज्वलन गरी मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरियो । कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चीर शान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित