पोखार । पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित १६५ घरपरिवारका लागि पाँच ट्रक राहत सामग्री पठाएको छ । धादिङ र नुवाकोटमा तुलनात्मक रूपमा धेरै राहत पुगिसकेकाले स्थानीय प्रशासन र पालिकासँग समन्वय गरी उत्तरगयामा सामग्री पठाइएको पोखराका प्रमुख धनराज आचार्यले बताए । भौगोलिक असहजताका कारण पोखराबाट हेटौँडा हुँदै पठाइएको टोलीमा २३ जना नगर