धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखनका लागि आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको हो । बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता