नुवाकोटमा प्रहरीको पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालन

  • शनिबार २७ भौ २०८३ १०:१२ AM
नुवाकोट । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएपछि बाढीपछिको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै प्रहरीले लेभल–१ फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालमा विशेषज्ञ चिकित्सकसहित चौबिसै घण्टा आकस्मिक सेवा, बहिरंग सेवा ९ओपीडी०, वार्ड, प्रयोगशाला र औषधि सेवा