काठमाडौं । रसुवामा आएको बाढीबाट दिवंगत भएकाहरूको सम्झनामा काठमाडौंको असन चोकमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रवादी नागरिक समाजले शनिबार आयोजना गरेको कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै, बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रार्थना गरिएको थियो । समाजका अध्यक्ष चन्द्रबहादुर रामदामले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त