काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकारमा हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले संविधानले दिएको अधिकारअनुसार प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए । सांसद मिश्रले सङ्घीयता चाहिन्छ कि चाहिँदैन भन्ने बहस गर्नुभन्दा यसको प्रभावकारी